एकीकृत समाजवादी पार्टीको विवादमा मिसिए एमाले सचिव योगेश भट्टराई
काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजन गर्न आफूले दिएको सुझाव माधवकुमार नेपालले नमान्दा त्यसको शिकार भएको टिप्पणी गरेका छन् ।
नेकपा एसभित्र देखिएको भाँडभैलोमाथि शुक्रबार समाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै भट्टराईले पार्टी विभाजन नगर्न आफूले दिएको सुझावबारे नेपाललाई स्मरण गराएका हुन् ।
‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि उहाँले नमाने पछि कुनैदिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ’, उनले उल्लेख गरेका छन् ।
त्यतिबेला नै चिनेका खेलाडी माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने भन्दै उनले आत्मबाेध र पश्चाताप कहिले गर्ने भनि प्रश्न गरेका छन् ।
‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ’, पूर्वनेतामाथि उनले प्रश्न गरे, ‘आत्माबोध र पश्चातप : सिर्फ कहिले ?’ मन्त्रिपरिषद हेरफेरको विषयलाई लिएर सरकारमा सहभागी मन्त्रीहरूले पार्टीको निर्णय अवज्ञा गरेपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । चार मन्त्रीसहित १० सांसदले अध्यक्ष नेपाललाई ध्यानकर्षणपत्र नै बुझाएका छन् ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया