पोखरामा अविरल वर्षा : सु्इँखेत डुब्यो, हेम्जामा पहिरो
काठमाडौं । लगातारको अविरल वर्षाले पोखराका विभिन्न स्थानहरूमा डुवान तथा पहिरो गएको छ ।
पोखराको सुइँखेत डुवानमा परेको छ । डुवानपछि त्यहाँ १२५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
शुक्रबारदेखि परेको अविरल वर्षाले पोखरा महानगरपालिका–२५ का सुइँखेतलगायत स्थान डुवानमा परेका हुन् । त्यहाँ करिब १५० घर छन् ।
लगातारको वर्षाले बस्ती डुबेपछि उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ ।
घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तर बाढीले पशुचौपाय बगाएका छन् । केही पहिरोमा पनि पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, हालसम्म दुई दर्जन बढी खसीबाख्रालगायतका पशु चौपाया बगाएको रिपोर्ट आइपुगेको छ ।
त्यसैगरी, पोखरा–२५ को हेम्जा, छैटारी, जुकेपानीमा पहिरो गएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया