सैनिक कार्गो जहाज दुर्घटना, चारको मृत्यु
कामठाडौं । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो ।
यहाँको सैनिक कार्गो विमान दुर्घटनामा परेको थियो । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा शुक्रबार बिहान सो जहाज दुर्घटनामा परेको थियो । त्यस दुर्घटना कार्गो विमानको परीक्षण उडानका बेलामा भएको बताइएको छ ।
सो जहाज कार्गो जहाज रहेको भए पनि उडानमा कुनै सामान नराखी परीक्षण स्वरुप गरिएको थियो । त्यसैक्रममा दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका छन् ।
सो दुर्घटनामा परेर घाइते भएका उडान दलका सदस्यहरुलाई अस्पताल पु¥याइएको छ । रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया