निर्धारित समयमा गुणस्तरीय काम गर्ने राउत कन्ट्रक्सनका सञ्चालक सम्मानित
भोजपुर । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ ।
तोकिएको मापदण्डअनुसार निर्धारित समयमा काम सम्पन्न गरेको भन्दै राउत कन्ट्रक्सनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो ।
पौवादुङमा गाउँपालिकाको मुख्य सडकका रुपमा रहेको तिवारीभञ्ज्याङ–च्याङ्ग्रे–मानेडाँडा अँधेरीघाट ३५ किलोमिटर सडकमध्ये १३ किमी स्तरोन्नतिको काम तोकिएका समयमा सम्पन्न गरेकाले राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।
उनले भने “हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्न थप ऊर्जा मिल्नेछ ।” सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जिनीयरले नियमित अनुगमन तथा आवश्यक सहयोग पुर्याइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराइले बताए।
पालिकाको सम्मानले आफूलाई काम गर्ने थप ऊर्जा मिलेको राउत कन्ट्रक्सनका सञ्चालक राउतले बताए । स्थानीयवासी, गाउँपालिकाका कर्मचारीलगायतको सहयोगमा समयमै काम सम्पन्न गर्न सफल भएको उनको भनाइ छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया