बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
बझाङ । बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
जिल्लाको दुर्गाथली गाउँपालिका –३ रकैलतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडकभन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा परी दुर्गाथली गाउँपालिका –७ का ४० वर्षीय चालक रुपाल जप्रेल, सोही गाउँपालिकाका शिक्षा शाखा संयोजक ४५ वर्षीय ललितकुमार पाण्डे, दुर्गाथली गाउँपालकिा–५ का वडा अध्यक्ष ४५ वर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका –७ का ५२ वर्षीय उद्धव शाही, दुर्गाथली गाउँपालिका ा–४ का ४८ वर्षीय खगेन्द्र मिश्र र दुर्गाथली गाउँपालकिा–७ का ४० वर्षीय विष्णुबहादुर दौल्याल घाइते भएका छन् ।
घाइतेहरूको हात, खुट्टा, टाउको र कम्मरमा चोट लागे पनि अवस्था सामान्य रहेको घाइते खगेन्द्र मिश्रले बताए ।
दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेहरूलाई जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया