मनसुनमा छालाको सुरक्षा कसरी गर्ने ?
काठमाडौं । अन्य समय झै मनसुनको समयमा पनि छालाको सुरक्षा गर्न आवश्यक छ । मौसमअनुसार छालालाई उचित हेरचाह गर्नुपर्छ र मनसुनको समयमा अझ बढी यसलाई ध्यान दिनुपर्छ । यस सिजनमा गर्मीका कारण धेरै पसिना आउनाले छालामा चिल्लोपना बढ्छ ।
छालामा चिल्लोपन बढ्दा चाया, पोतो, छालासम्बन्धी संक्रमण आदिले यसलाई बिगार्छ । यदि तपाईको छालामा बढी तेलीय पदार्थ आउँछ भने यस्तो छालामा धुलोमाटोले सजिलै संक्रमण गराउँछ । त्यसैले यस्तो मौसममा छालाको स्याहारमा विशेष ध्यान दिनुपर्छ ।
यस्ता छन् छालाको सुरक्षा गर्ने घरेलु उपायः
१) दिनहुँ काँचो दुधले अनुहार सफा गर्नु पर्छ ।
२) गुलाब जलमा मुल्तानी माटोको प्रयोग गर्नाले अनुहारमा चमक आउने गर्छ ।
३) चन्दनको पेस्टको प्रयोग गर्नुपर्छ ।
४) दही र ओट्सको पेस्ट अनुहारमा लगाउनाले पनि छालामा निखारता ल्याउँछ ।
५ं) फिटकिरी पानीमा नुहाउनाले छालालाई सुन्दर बनाउनाका साथै स्वथ्य राख्न मद्त गर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया