जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने

टोकियो । जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिनजसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ ।
अधिकारीहरुले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरुका अनुसार यहाँको तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ ।
बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेषगरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ ।
यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ ।
यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र मौसमबाट बच्न सक्ने उपायहरु अपनाउन सूचना पनि जारी गरेको छ ।
जापानको मन्त्रिपरिषदका प्रवक्ता योसिहिको इसोजाकीले सर्वसाधारणहरुलाई अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न पनि आग्रह गरिएको जानकारी सोमबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा दिएको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया