NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

घुसकाण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बित

अधिवक्ता पोखरेलबारे मौन

काठमाडौं । ठगीको आरोप लागेर थुनामा परेका व्यवसायी इच्छाराज तामाङलाई छुटाउन घुस लेनदेन वार्तामा संलग्न भएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

न्यायाधीश कोइराला र तामाङका अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको टेलिफोन संवादको घटनामा सत्यतथ्य छानबिनका लागि न्याय परिषद्ले केही दिनअघि समिति गठन गरेको थियो ।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।

परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको थियो । जसलाई जाँचबुझ शुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

घुसकाण्डमा संलग्न अधिवक्ता पोखरेलका बारेमा बार काउन्सिल र बार एशोसिएसन दुवैले कुनै कारबाही अगाडि बढाएका छैनन् ।

अधिवक्ता पोखरेल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् । उनी एमालेको कानुन विभागसम्बद्ध अधिवक्ता हुन् ।

इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !