लन्डनबाट एक महिनादेखि रिदम बेपत्ता
लन्डन । हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।
स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ ।
उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ ।
उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४र२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ ।
ताजा अपडेट
-
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
-
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
-
महोत्तरीका आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
प्रतिक्रिया