राजधानीका यी १० ठाउँमा फैलिएको छ हैजा

काठमाडौं । राजधानीका १० ठाउँमा हैजाको संक्रमण पुष्टि भएको छ । दुई साताअघि पहिलोपटक बागबजारमा देखिएको हैजा त्यसयता अन्य स्थानमा फैलिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, हाल डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसीबजार, नैकाप र कोटेश्वर क्षेत्रका बासिन्दामा हैजाको संक्रमण पुष्टि भएको छ ।
महाशाखाका अनुसार १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये पाटन र वयोधा अस्पतालमा एक–एक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई जना उपचाररत छन् ।
चिकित्सकहरूले पानी र खानेकुरामा सावधानी नपनआए स्थिति भयावह हुनसक्ने चेतावनी दिएका छन् ।
मनसुनका कारण पानीको मुहान प्रदूषित हुने भएकाले थप सावधानी अपनान चिकित्सकहरूले सुझाएका छन् । विज्ञहरूका अनुसार सार्वजनिक स्थानमा थुपारिएको फोहोरले पनि हैजा फैलाउन भूमिका खेलिरहेको छ ।
प्रतिक्रिया