बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

रामपुर । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
ताजा अपडेट
-
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते
-
विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
-
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन
-
काठमाडौं उपत्यकामा दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा दिँदै प्रहरी
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया