सेयर बजार घट्ने क्रम जारी, ११ अंकले घट्यो नेप्से

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२ अंकले ओरालो लागेर ३७२.६० मा ओर्लेको छ । कूल २३० कम्पनीको ३० लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल एक अर्ब ५ करोड ८२ लाख ४६ हजार ४७२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहमध्ये बैंकङ र जीवन बीमा कम्पनीको सेयर मूल्य बढेको भने अरुको गिरावट आएको छ । बैंकिङको ०.०२ र जीवन बीमा कम्पनीको १.०३ अंकले बढेको छ ।
व्यापार ०.०८, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.३५, जलविद्युत् १.६९, वित्त १.५७, निर्जीवन बीमा १.०४, उत्पादन १.०१, अन्य ०.९७, लघुवित्त ०.९३, सामूहिक लगानी कोष ०.४४ र लगानी १.६५ अङ्कले ओरालो लागेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया