एमाले सांसद नै वामदेवको पार्टीमा केन्द्रीय सदस्य
काठमाडौं । एमाले सांसद नै नेता वामदेव गौतमले खोलेको पार्टीमा केन्द्रीय सदस्य भएकी छिन् । एमालेमा समानुपातिकबाट प्रतिनिधिसभामा सांसद सांसद भएकी तुल्सा थापा वामदेव गौतमको पार्टीमा केन्द्रीय सदस्य भएकी हुन् ।
नेता गौतमकै श्रीमती रहेकी थापालाई उनले महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । एमाले छोडेर वामदेवको नेकपा एकता राष्ट्रिय अभियानमा थापा लागेकी हुन् ।
उनको नाम केन्द्रीय सदस्यतर्फ दोस्रो नम्बरमा छ ।
अब के हुन्छ ?
दलसम्बन्धी व्यवस्थामा कुनै अर्को दलको सदस्यता लिनेवित्तिकै सक्रिय रहेको दल स्वतः त्याग गरेको मानिनेछ । वामदेवले गठन गरेको दलको केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा बुझाएलगत्तै उनको एमालेसँगको आवद्धता सकिनेछ । साथै सांसद पद पनि जानेछ ।
को हुन् थापा ?
थापाले नेपाल ओलम्पिक कमिटीमा सचिव, नेपाल कबड्डी संघकी अध्यक्ष भएरसमेत काम गरिन् । उनी यस अघि माधव नेपालको पार्टी घोषणा हुँदासमेत साथ दिन तयार भएकी थिइन् ।
दल विभाजनसम्बन्धमा उनले हस्ताक्षरसमेत गरेकी थिइन् । तर आयोगले दल विभाजनको सूचीमा उनको नाम नभएपछि हस्ताक्षर सनाखत गरेन । यसकारण उनी एमालेकै सांसदको हैसियतमा भए पनि निष्क्रिय जस्तै थिइन् ।
वामदेवले पार्टी खोलेपछि भने उनी नयाँ पार्टीमा लागेकी हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया