संसदीय समितिको निर्देशनविपरीत ब्रोकर लाइन्सेन्स बाँडिँदै
काठमाडौं । तोकिएको विशिष्ट पाठ्यक्रमका आधारमा लिखित परीक्षा लिएर मात्र सेयर ब्रोकर लाइसेन्स वितरण गर्नु भन्ने संघीय संसदअन्तर्गत अर्थ समितिको निर्देशनविपरीत नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले परीक्षाबिनै नया ब्रोकर थप्ने तयारी गरेको छ ।
मुद्राबजार र पुँजीबजारका सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिको सुझावका आधारमा अर्थ समितिले उक्त निर्देशन दिए पनि त्यसको उपेक्षा गर्दै नेप्सेले लिखित परीक्षाबिनै ब्रोकर लाइसेन्स बाँड्न लागेको हो ।
समितिले सञ्चालनमा रहेका बेकहरूको पुँजी वृद्धि गरेर ०७९ असारभित्र न्यूनतम १० करोड पुर्याइसक्नुपर्ने र सोही अवधिमा सबै बेकर कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसक्नुपर्ने निर्देशन पनि नेप्सेलाई दिएको छ ।
तोकिएको अन्तिम मिति सकिन १५ दिन मात्र बाँकी रहँदासम्म न त ब्रोकरको पुँजी वृद्धि भएको छ न ब्रोकर कम्पनी पब्लिक लिमिटेड नै भएका छन् । नेप्सेले ती सबै निर्देशन उपेक्षा गर्दे एकै पटक ठूलो संख्यामा ब्रोकर लाइसेन्स वितरण गर्न भन्दै कार्यविधि तयार पारेको छ । कार्यविधिमा परीक्षाबिनै कार्ययोजना मूल्यांकनका आधारमा लाइसेन्स वितरण गर्ने भन्ने छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया