NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अष्ट्रेलियामा इसाई धर्मावलम्बीको संख्या घट्यो, नेपाली दुई गुणा बढे

काठमाडौं । काेराेना भाइरसकाे महामारीका कारण लगाएकाे प्रतिबन्धका बावजुद पनि अष्ट्रेलियामा २०१७ पछि १० लाखभन्दा बढी आप्रवासीहरु त्यहाँ पुगेका छन् । सबैभन्दा धेरै विदेशी भारतबाट पुगेका छन् । उनीहरुको संख्या २ लाख १७ हजार ९ सय ६३ जनाले बढेको छ ।

अष्ट्रेलियामा सबैभन्दा धेरै आप्रवासीकाे दोस्रो नम्बरमा नेपाली छन् । सन् २०१७ यता अष्ट्रेलिया पुग्ने नेपालीकाे संख्या दोब्बरभन्दा बढी (१२३.७) प्रतिशतले बढेको छ । सन् २०१६ यता नेपालबाट थप ६७ हजार ७ सय ५२ जना अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा नेपालीबाट त्यहाँ गएका व्यक्तिहरुको संख्या १ लाख २२ हजार ५०६ रहेको छ ।

अष्ट्रेलियामा भारतीय जनसंख्या सबैभन्दा छिटो बढिरहेको छ । अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको तथ्यांकबाट यो खुलासा भएको हो । सन् २०१६ यता अस्ट्रेलियामा बसोबास गर्ने भारतीय मूलका मानिसको जनसंख्या ४८ प्रतिशतले बढेको छ ।

पछिल्लो जनगणना अनुसार २०२१ जुन १ मा देशमा ६,७३,३५२ भारतीय मानिस बसोबास गरिरहेका थिए, जुन सन् २०१६ (४,५५,३८९) को तुलनामा ४७.८६ प्रतिशतले बढी हो ।

सबैभन्दा धेरै भारतीय आप्रवासी पुगेका देशमध्ये चीन र न्युजिल्यान्डलाई उछिन्दै अष्ट्रेलिया र इङ्ल्यान्डपछि तेस्रो नम्बरमा अष्ट्रेलिया रहेको छ ।

आप्रवासीको संख्या बढ्दै जाँदा त्यहाँ पहिलोपटक अष्ट्रेलियाका आधाभन्दा कम नागरिक ४४ प्रतिशतले मात्रै आफूलाई क्रिश्चियन भएको बताएका छन् । सन् २०१६ मा यो संख्या ५० प्रतिशत थियो । अहिलेभन्दा ५० वर्षअघि अष्ट्रेलियामा ९० प्रतिशत इसाई थिए । तर पछिल्लाे समय इसाई धर्म मान्नेहरू घटिरहेका छन् ।

हिन्दूहरू कुल जनसंख्याको २.७५ छन् । कुनै पनि धर्ममा विश्वास नगर्नेहरू पनि ३९ प्रतिशत रहेका छन् । उनीहरुको संख्या ९ प्रतिशतले बढेको छ ।