प्रचण्डलाई घनश्यामको जवाफ : रैथाने माओवादी बिउ रोपेर उम्रिदैन, हाइब्रिड फलाउनुपर्छ
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् ।
प्रचण्डले बुधबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेमा आफूहरुले विद्रोहको बिउ रोपेर आएको र केही समयपछि त्यसको परिणाम देखिने अभिव्यक्ति दिएका थिए । प्रचण्डको अभिव्यक्तिलाई आजै भुसालले माओवादी बिउ नउम्रिने बताए ।
‘प्रचण्डजीले आज बिहान एक कार्यक्रममा एमालेमा बिउ रोपेको र त्यो केही समयमा फूल्नेफल्ने बताउनुभएछ’, कम्युनिष्ट नेता सिद्धिलाल श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै भुसालले भने, ‘उहाँको अभिव्यक्तिलाई म सम्मान नै गर्छु । तर अब माओवादी बिउ रोपेर फल्नेवाला छैन । यी बिउ उम्रने छैन ।’
प्रचण्डले आजको आवश्यकता अझै बुज्न नसकेको भन्दै रैथाने बिउ नभइ हाइब्रिड बिउको आवश्यकता रहेको बताए ।
उनले करिब ७० प्रतिशत कम्युनिस्टहररू फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको बताए । अहिलेको आवश्यकतालाई बुझेर नेपालका कम्युनिष्टहरू एकजुट हुनुपर्ने आवश्यकत औंल्याए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया