प्रचण्डलाई घनश्यामको जवाफ : रैथाने माओवादी बिउ रोपेर उम्रिदैन, हाइब्रिड फलाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् ।
प्रचण्डले बुधबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेमा आफूहरुले विद्रोहको बिउ रोपेर आएको र केही समयपछि त्यसको परिणाम देखिने अभिव्यक्ति दिएका थिए । प्रचण्डको अभिव्यक्तिलाई आजै भुसालले माओवादी बिउ नउम्रिने बताए ।
‘प्रचण्डजीले आज बिहान एक कार्यक्रममा एमालेमा बिउ रोपेको र त्यो केही समयमा फूल्नेफल्ने बताउनुभएछ’, कम्युनिष्ट नेता सिद्धिलाल श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै भुसालले भने, ‘उहाँको अभिव्यक्तिलाई म सम्मान नै गर्छु । तर अब माओवादी बिउ रोपेर फल्नेवाला छैन । यी बिउ उम्रने छैन ।’
प्रचण्डले आजको आवश्यकता अझै बुज्न नसकेको भन्दै रैथाने बिउ नभइ हाइब्रिड बिउको आवश्यकता रहेको बताए ।
उनले करिब ७० प्रतिशत कम्युनिस्टहररू फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको बताए । अहिलेको आवश्यकतालाई बुझेर नेपालका कम्युनिष्टहरू एकजुट हुनुपर्ने आवश्यकत औंल्याए ।
ताजा अपडेट
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
-
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
प्रतिक्रिया