एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल एकैसाथ भेटिएपछि…

काठमाडौं । काठमाडौंको सडकमा एकै नम्बर प्लेटका दुईवटा मोटरसाइकल भेटिएका छन् ।
बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका यी दुई मोटरसाइकल बुधबार गौशालामा भेटिएका हुन् ।
एउटै नम्बरका दुई मोटरसाइकल जाममा परेपछि कसैले तस्बिर खिचेर सामाजिक सञ्जालमा हालेपछि त्यो भाइरल भएको छ ।
तस्बिर भाइरस भएपछि तस्बिरको बायाँपट्टी देखिएका १५० सिसीकाे पल्सरका मालिक प्रहरी कार्यालय पुगेर आफ्नो नम्बर प्लेट सक्कली भएको दाबी गरेको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया