महाराष्ट्रका ठाकरेले दिए राजीनामा, अब को बन्ला मुख्यमन्त्री ?
काठमाडौं । भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । भारतको सर्वोच्च अदालतले बहुमत भए/नभएको परीक्षण गर्न आदेश दिएसँगै ठाकरेले राजीनामा दिएका हुन् ।
कुनै अप्रिय घटना नहोस् भन्नका लागि आफूले पदबाट राजीनामा दिएको ठाकरेले सामाजिक सञ्जालमार्फत बताएका छन् । साथै उनले विधायन समिति सदस्यबाट समेत राजीनामा दिने सार्वजनिक गरेका छन् । ठाकरे शिव सेना प्रमुख हुन् ।
ठाकरे ०७६ मंसिरमा महाराष्ट्रको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पद त्याग गर्दा आफू दुःखी नभएको उनले उल्लेख गरेका छन् ।
महाराष्ट्रका राज्यपाल भरतसिंह कोसियारीले बहुमत परीक्षणका लागि बिहीबार बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन बोलाएका थिए । तर संसदमा परीक्षण हुन छाडेर शिव सेनाका ठाकरे पक्षधर एक नेता राज्यपालको संसद् आह्वान गर्ने निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए । सर्वोच्चले बहुमत परीक्षणको पक्षमा फैसला सुनाएपछि ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा चढाएका हुन् ।
को बन्ला मुख्यमन्त्री ?
ठाकरेले संसद्मा आफूलाई परीक्षण नगरी राजीनामा दिएपछि महाराष्ट्रमा सम्भावित मुख्यमन्त्रीबारे चर्चा सुरु भएको छ ।
सम्भवतः अब भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने सम्भावना छ । किनभने, उनलाई एकनाथ शिन्देको समर्थन छ ।
शिन्दे शिवसेनाका विद्रोही नेता हुन् । शिव सेनाका बहुसंख्यक सांसदले ठाकरेलाई समर्थन नगरेर शिन्देको पक्षमा खुलेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया