सुनको मूल्य ३०० रूपैयाँ घट्यो
काठमाडाैं । बुधबार एक सय रूपैयाँले उकालो लागेको सुनको मूल्य बिहीबार प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँ कायम भएको महासघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया