बाँकेको कारागार भवन निर्माण अन्तिम चरणमा
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि जडानलगायतका केही काम बाँकी रहेको र केही महिनापछि कारागार सञ्चालनमा आउने जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिए ।
चार युनिट रहेको कारागारमा दुई भवनमा २८ कोठा छन् । चिया, खाजा र पसल सञ्चालन गर्न एउटा वर्कसप हलसमेत निर्माण भएको छ । तीन हजार क्षमताका कारागारमा जिल्ला कारागारमा रहेका अधिकांश थुनुवा र धेरै थुनुवा रहेका कारागारबाट समेत उनीहरुलाई स्थानान्तरण गरिने उनले बताए ।
खासगरी रोल्पा, दैलेख, कास्की, रुपन्देही, अछामलगायतका जिल्लाबाट समेत बन्दी जीवन बिताएका उक्त कारागारमा स्थानान्तरण हुनेछन् ।प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कारागार छिट्टै सञ्चालन हुने जानकारी दिँदै नयाँ अत्याधुनिक कारागार बनेपछि बन्दीहरूलाई राहत हुने विश्वास व्यक्त गरे।
दश बिघा क्षेत्रफलमा ४१ करोडको लागतमा निर्माण भइरहेको सो कारागार निर्माण भएपछि जिल्ला कारागारमा रहेका ७५६ मध्ये बिरामी थुनुवाबाहेक करिब ५०० थुनुवालाई क्षेत्रीय कारागारमा स्थानान्तरण गरिने सोनकरले जानकारी दिए ।
आर्थिक वर्ष २०७२/७३ बाट निर्माण सुरु हुने भनिएकामा निर्माण कम्पनीले काम नगर्दा क्षेत्रीय कारागारको निर्माणकार्य ढिलो भएको बताइएको छ ।
अब धेरै काम सम्पन्न भइसकेको छ, त्यसैले दशैँलगत्तै कारागार सञ्चालनमा आउँछ जिल्ला कारागारका जेलर सोनकरले भने । तीन सय ५० जनाको क्षमता भएको जिल्ला कारागार अहिले दोब्बरभन्दा वढी बन्दी हुँदा उनीहरुले सास्ती खपेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया