NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

भक्तपुर । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यका बाहिर सो अस्पतालमा हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उक्त अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उनकै श्रीमान् ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अङ्ग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

केन्द्रका शल्यचिकित्सक प्राडा राकेशकुमार बर्मा, डा दिपेश श्रेष्ठ, डा रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा आरती राई, डा सोभित थापा, नेफ्रोलोजिष्ट डा कल्पनाकुमारी श्रेष्ठ र डा लुसन सिं, रेडियोलोजिष्ट डा कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपणमा संग्लन थिए।

ताजा अपडेट

नेपालवाच विशेष