कात्तिक अन्तिम वा मंसिरको पहिलो साता प्रतिनिधिसभाको चुनाव गर्ने प्रधानमन्त्री देउवाको संकेत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरकारले समयमै गर्ने बताएका छन् ।
पूर्व सांसद मञ्चले ६४ औं संसद दिवसको अवसरमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकार समयमै चुनाव गर्न प्रतिबद्ध रहेको बताएका हुन् । स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी कात्तिक अन्तिममा वा मंसिरको पहिलो साता चुनाव गर्ने तयारी गरेको छ ।
लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेको भन्दै देउवाले यसका लागि सरकार प्रतिवद्ध रहेको प्रष्ट्याए ।
‘हामी लोकतान्त्रिक अभ्यासमा छौं । अबको चुनाव समयमा नै हुन्छ’ देउवाले भने, ‘समयमा सबै चुनाव गरेर हामी लोकतन्त्रलाई बलियो बनाउने र मुलुकमा समृद्धि हासिल गर्न चाहन्छौं ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया