NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कात्तिक अन्तिम वा मंसिरको पहिलो साता प्रतिनिधिसभाको चुनाव गर्ने प्रधानमन्त्री देउवाको संकेत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरकारले समयमै गर्ने बताएका छन् ।

पूर्व सांसद मञ्चले ६४ औं संसद दिवसको अवसरमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकार समयमै चुनाव गर्न प्रतिबद्ध रहेको बताएका हुन् । स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी कात्तिक अन्तिममा वा मंसिरको पहिलो साता चुनाव गर्ने तयारी गरेको छ ।

लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेको भन्दै देउवाले यसका लागि सरकार प्रतिवद्ध रहेको प्रष्ट्याए ।

‘हामी लोकतान्त्रिक अभ्यासमा छौं । अबको चुनाव समयमा नै हुन्छ’ देउवाले भने, ‘समयमा सबै चुनाव गरेर हामी लोकतन्त्रलाई बलियो बनाउने र मुलुकमा समृद्धि हासिल गर्न चाहन्छौं ।’