NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सेयरबजारमा आक्रामक सुधार, कारोबार रकम २ अर्ब नाघ्यो

काठमाडौं । दुईदिनयता सेयरबजारमा आक्रामक सुधार देखिएको छ । बुधबार हरियाली सेयर बजार बिहिबार पनिहरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ अंकमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६३ अंकले बढेर ३९१.७८ विन्दुमा पुगेको छ । सेयरबजार बढेसँगै आज कारोबारसमेत बढ्न पुगेको छ ।  बिहीबार नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारको आधारमा आज शिवम् सिमेन्ट्सको सर्वाधिक ९ करोड ९५ लाख २० हजार ६३० रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख ६८ हजार, एशियन लाइफको ५ करोड ९९ लाख ३० हजार, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएर शीर्ष ५ भित्र प्रवेश गरेका छन् ।

नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत, नेपाल फाइनान्स लिमिटेड र न्यादी हाइड्रोपावरको को सेयरमा सकरात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १०/१० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै अधीखोला लघुवित्त वित्तिय संस्था र सिवाइसी लघुवित्तिको लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

बिहीबार जिबिआइएलडीका लगानीकर्ताले सबैभन्दा धेरै ३.८९ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै बरूण हाइड्रोपावर २.६५, गुरास लघुवित्तका लगानीकर्ताले २.४४ प्रतिशतका दरले गुमाएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष