दोस्रो विश्वयुद्धमा जापानी फौजसँग एक्लै लडेका सैनिक हर्सेलको मृत्यु
काठमाडौं । दोस्रो विश्वयुद्धमा जापानी फौजसँग बहादुरीका साथ लडेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्सेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको छ ।
वेस्ट भर्जिनियाका स्थायी वासिन्दा उनको हन्टिङगटनस्थित चेट्रान्स अफेयर्स मेडिकल सेन्टरमा आज मृत्यु भएको हो । ‘आज अमेरिकाले समुद्रमा परिचालित एक बहादुर सैनिकमात्र गुमाएको छैन सर्वोच्च सम्मान पाएका स्वतन्त्रताका रक्षकलाई गुमाएको छ,’ अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले एक विज्ञप्तिमा भनेका छन् ।
विश्व युद्धमा सर्वोच्च पुरस्कार पाउनेमध्ये जीवित रहेका उनीमात्रै थिए ।
दोस्रो विश्वयुद्धमा उनले जापानी सैन्यको तोपगोलाको पर्वाह नगरी कैयौं सैन्य संरचना एक्लै ध्वस्त पारेका थिए ।
बाइस वर्षका हर्सेललाई उनको सौर्यको सराहना गर्दै सन् १९४५ मा राष्ट्रपति ह्यारी ट्रुम्यानले ह्वाइट हाउसमा राष्ट्रको सर्वोच्च पुरस्कार प्रदान गरेका थिए ।
जापानसँगको भीषण युद्धमा अमेरिकी बख्तरबन्द गाडी र पैदल सेनाका लागि उनले बाटोमात्र बनाएनन् जापानीले ठाउँठाउँबाट शत्रुमाथि प्रहार गर्न तयारी अवस्थामा राखेका मेसिनगन हटाएका थिए । शत्रुपक्षले चारैतिरबाट गरेको प्रहारको एक्लै सामना गर्दै उनी चार घण्टा एक्लै लडेका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया