दोस्रो विश्वयुद्धमा जापानी फौजसँग एक्लै लडेका सैनिक हर्सेलको मृत्यु
काठमाडौं । दोस्रो विश्वयुद्धमा जापानी फौजसँग बहादुरीका साथ लडेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्सेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको छ ।
वेस्ट भर्जिनियाका स्थायी वासिन्दा उनको हन्टिङगटनस्थित चेट्रान्स अफेयर्स मेडिकल सेन्टरमा आज मृत्यु भएको हो । ‘आज अमेरिकाले समुद्रमा परिचालित एक बहादुर सैनिकमात्र गुमाएको छैन सर्वोच्च सम्मान पाएका स्वतन्त्रताका रक्षकलाई गुमाएको छ,’ अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले एक विज्ञप्तिमा भनेका छन् ।
विश्व युद्धमा सर्वोच्च पुरस्कार पाउनेमध्ये जीवित रहेका उनीमात्रै थिए ।
दोस्रो विश्वयुद्धमा उनले जापानी सैन्यको तोपगोलाको पर्वाह नगरी कैयौं सैन्य संरचना एक्लै ध्वस्त पारेका थिए ।
बाइस वर्षका हर्सेललाई उनको सौर्यको सराहना गर्दै सन् १९४५ मा राष्ट्रपति ह्यारी ट्रुम्यानले ह्वाइट हाउसमा राष्ट्रको सर्वोच्च पुरस्कार प्रदान गरेका थिए ।
जापानसँगको भीषण युद्धमा अमेरिकी बख्तरबन्द गाडी र पैदल सेनाका लागि उनले बाटोमात्र बनाएनन् जापानीले ठाउँठाउँबाट शत्रुमाथि प्रहार गर्न तयारी अवस्थामा राखेका मेसिनगन हटाएका थिए । शत्रुपक्षले चारैतिरबाट गरेको प्रहारको एक्लै सामना गर्दै उनी चार घण्टा एक्लै लडेका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया