NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चुनावी समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति

काठमाडौं । स्थानीय तहको निर्वाचनको समीक्षा गर्नको लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी २७ असारमा बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बैठकले गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको समीक्षा गर्नेछ । चुनावबाट ३२९ तह जित्दै कांग्रेस पहिलो भएको थियो ।

२०७४ सालमा तीनवटै तहको निर्वाचनमा नमिठो पराजय भोगेपछि कांग्रेसले चुनावी समीक्षा बैठक नै बोलाएको थिएन । तर यसपटक भने चुनाव सम्पन्न भएको दुई महिनामै कांग्रेसले चुनावी समीक्षाको बैठक बोलाएको हो ।

आजै डा. शेखर कोइराला पक्षले भेला गरी चुनावी समीक्षा गर्न केन्द्रीय समिति बैठकको माग गर्ने तयारी थियो । उनीहरूको भेला नसकिंदै देउवाले बैठक आह्वान गरेका हुन् । बैठकमा समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ ।