असार १५ मा हिलो खेल्ने क्रममा दुर्व्यवहार गरेको भन्दै जुरेलीले युवा संघका नेताविरुद्ध दिइन् जाहेरी
काठमाडौं । महिला रेस्लर अस्मिता जुरेलीले राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हिक्मत बोहोरा(हिलारी) विरूद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।
ललितपुरको फर्सीडोलमा असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसको अवसरमा आफूमाथि बोहोराले दुर्व्यवहार गरेको भन्दै उनले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन् । जुरेलीको उजुरीमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन् ।
एमाले महासचिव शंकर पोखरेल सहभागी रहेको उक्त रोपाईं कार्यक्रममा बोहोराले जुरेलीलाई समातेर हिलोमा लडाएका थिए । अभद्र व्यवहारबाट रिसाएकी जुरेली र बोहोराबीच घम्साघम्सी हुँदै उनको कपडासमेत च्यातिएिको भिडियोमा देख्न सकिन्छ ।
उक्त कार्यक्रमा युवासंघको फ्याक्सन इन्चार्ज महेश बस्नेत, नायिका करिष्मा मानन्धरलगायतको उपस्थिति रहेको थियो । गतवर्ष पनि गायक छत्र शाही र जुरेलीबीच हिलो खेलाई अश्लीलता भएको भन्दै तीव्र आलोचना भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया