त्रिशूली नदीले आमाछोरालाई बगायो
नुवाकोट । जिल्लाको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई आज अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ ।
सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया सङ्गीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए ।
उनका अनुसार वडा नं ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए ।
खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् ।
नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
हराइरहेका उनीहरूको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटसहित मातहतका प्रहरी एकाइ, सशस्त्र प्रहरी बल १९ नं गुल्म नुवाकोट र जबरजङ्ग गण देवीघाटबाट खटिएका १०० भन्दा बढी सुरक्षाकर्मी एवं स्थानीयवासी खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया