जुन महिनामा झण्डै ४७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । यो वर्षको जुन महिनामा झण्डै ४७ हजार पर्यटक नेपाल भित्रिएका छन् । हालै पर्यटन बोर्डले सार्वजनिक गरेका तथ्यांहअनुसार सन् २०२२ को जुनमा ४६ हजार ९ सय ५७ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
कोरोना महामारी सुरु हुन अघि सन् २०१९ को जुन महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ६१ हजार ३ सय ५१ थियो ।
त्यसमा सबैभन्दा धेरै पर्यटक सार्क मुलुकबाट आएका छन् । सार्क राष्ट्रबाट नेपाल आउने पर्यटकको संख्या २६ हजार ३० रहेको छ । त्यस्तै, एसियन मुलुकबाट दुई हजार तीन सय ६९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यूरोपियन मुलुकबाट नेपाल आउने पर्यटकको संख्या एक हजार पाँच सय ४९ रहेको छ ।
त्यस्तै अमेरिका र क्यानडाबाट ८ हजार ९ सय ८० र अन्य मुलुकबाट तीन हजर दुई सय ४२ जना पर्यटक नेपाल आएका छन् । बोर्डको तथ्यांक अनुसार सन् २०२२ को हालसम्म(६ महिनामा) दुई लाख ३७ हजार ६ सय ९३ जना पर्यटक नेपाल आएका छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया