जुन महिनामा झण्डै ४७ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौं । यो वर्षको जुन महिनामा झण्डै ४७ हजार पर्यटक नेपाल भित्रिएका छन् । हालै पर्यटन बोर्डले सार्वजनिक गरेका तथ्यांहअनुसार सन् २०२२ को जुनमा ४६ हजार ९ सय ५७ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
कोरोना महामारी सुरु हुन अघि सन् २०१९ को जुन महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ६१ हजार ३ सय ५१ थियो ।
त्यसमा सबैभन्दा धेरै पर्यटक सार्क मुलुकबाट आएका छन् । सार्क राष्ट्रबाट नेपाल आउने पर्यटकको संख्या २६ हजार ३० रहेको छ । त्यस्तै, एसियन मुलुकबाट दुई हजार तीन सय ६९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यूरोपियन मुलुकबाट नेपाल आउने पर्यटकको संख्या एक हजार पाँच सय ४९ रहेको छ ।
त्यस्तै अमेरिका र क्यानडाबाट ८ हजार ९ सय ८० र अन्य मुलुकबाट तीन हजर दुई सय ४२ जना पर्यटक नेपाल आएका छन् । बोर्डको तथ्यांक अनुसार सन् २०२२ को हालसम्म(६ महिनामा) दुई लाख ३७ हजार ६ सय ९३ जना पर्यटक नेपाल आएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया