सुर्खेत कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदी
काठमाडौं । सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ ।
अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी भुवन गौतमले जानकारी दिए ।
उनका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् ।
जबर्जस्ती करणीका १७ र लागुऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताए । ‘पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन्’, उनले भने, ‘अदालतबाट बहुविवाह गरेको कसुरमा जेल सजाय तोकिएका नौ र चोरीका आठ कैदीबन्दी छन् ।’
कारागारका प्रमुख लक्ष्मी खरेलले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले समस्या समाधान गर्न नयाँ भवन बनिरहेको बताए ।
‘अब थप क्षमताको तत्काल अर्को भवन निर्माण चालू आवमै सम्पन्न गर्नेगरी भइरहेको छ’, उनले भने, ‘एउटै ठाउँमा कैदी खचाखच हुँदा संक्रमण बढ्ने खतरा भएपनि त्यसको असर देखिएको छैन ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया