नगर प्रहरीले हाल्यो मकै पोल्ने दम्पतिविरुद्ध उजुरी
काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार नजिकै आचार्य दम्पति मकै पोल्न बसेका थिए । उनीहरू थिए दम्पति चेतेन्द्र आचार्य र सीता आचार्य ।
मकै पोल्दै गरेको उनीहरूको ठेला काठमाडाैं महानगर प्रहरीको टोलीले उठाएर लगेको थियो । उनीहरूमाथि अन्याय भएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।
तर, उल्टै मकै पोल्न बसेका ती दम्पतिमाथि नगर प्रहरीले उजुरी हालेको छ । नगर प्रहरीमाथि अगुल्टाले हानेको र घुस मागेको आरोप लगाएको भन्दै महानगर प्रहरीले कारबाहीको माग गर्दै नेपाल प्रहरीमा उजुरी हालेको हो ।
नगर प्रहरीले आचार्य दम्पतिमाथि कारबाहीका लागि आइतबार नेपाल प्रहरीलाई पत्र पठाएको छ । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई पत्र पठाएका हुन् ।
‘आचार्य दम्पतिमाथि अनुसन्धान र कारबाही गरिपाऊँ,’ पत्रमा भनिएको छ ।
नगर प्रहरीमाथि लगाइएको घुस मागेको आरोप कपोकल्पित रहेको प्रमुख सापकोटाको दाबी छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया