एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएको छैन : परराष्ट्र मन्त्रालय
काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने पत्र अमेरिकालाई अहिलेसम्म पनि नपठाएको खुलासा भएको छ ।
निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार नगरेको तथ्य स्वयम् सरकारले नै सार्वजनिक गरेको हो ।
परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपिपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्रबारे अध्ययन भइरहकाले हालसम्म नपठाएको बताइन् ।
असार ६ मा बसेको मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । सो निर्णय परराष्ट्रलाई प्राप्त भइसकेको जानकारी दिँदै उनले भनिन्, ‘सरकारको निर्णय मन्त्रालयले प्राप्त भएको छ । त्यसलाई कूटनीतिक माध्यमबाट कार्यान्वयन गर्दै पत्राचार गरिने छ ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया