प्रधानमन्त्री देउवाले बदले तीन मन्त्री
काठमाडौं । प्रधानमन्त्रीले फेरि मन्त्री हेरफेर गरेका छन् । नेकपा समाजवादीका मन्त्री फेरबदलको केही दिनमा नै फेरि जसपाका मन्त्री फेरिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अध्यक्ष उपेन्द्र यादवले पुरानालाई फिर्ता गरी नयाँलाई मन्त्रीमा सिफारिस गरेपछि मन्त्री फेरिएका हुन् ।
भौतिक पूर्वाधारकी रेणु यादव, कृषिका महिन्द्रराय यादव र वनका रामसहाय यादवलाई फिर्ता बोलाइएको हो ।
पुराना मन्त्री फिर्ता बोलाएपछि भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई, वनमा प्रदीप यादव र कृषिमा मृगेन्द्रकुमार सिंह यादव मन्त्री चयन भएका हुन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति र कार्यविभाजन गरेकी हुन् ।
उनीहरूले आजै साढे चार बजे सपथ लिंदैछन् ।
यस्ताे छ पछिल्लाे मन्त्रिपरिषद्


ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया