NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

गर्भपतनलाई देशद्रोह मान्थे हिटलर

काठमाडौं । अमेरिकामा सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ । जसका कारण त्यहाँ विरोध प्रदर्शन भइरहेका छन् । अर्कोतर्फ जर्मनीले हिटलरको पालाको कानुनलाई खारेज गर्दै गर्भपतनका सहयोगीमाथिको प्रतिबन्ध हटाएको छ ।

तर, जर्मनीमा १२ सातासम्म गर्भपतनलाई अनुमति दिइएको छ । तर डाक्टर वा अस्पतालले यो सेवा प्रवर्द्धन गर्नु कानुनी अपराध मानिन्थ्यो तर अहिले यो पनि खारेज गरिएको छ । हिटलरको पालामा जर्मनीमा गर्भपतनलाई ठूलो अपराध मानिन्थ्यो। अहिले त्यहाँ गर्भपतनलाई सहज बनाइएको छ ।

तर, अर्कोतर्फ अमेरिका उल्टो दिशामा अघि बढिरहेको छ । नाजी जर्मनीमा गर्भपतनसम्बन्धी यस्ता अनौठा नियम थिए । जसले जो कोहीलाई पनि अचम्ममा पार्न सक्छ ।

सामान्यतया, हिटलरले महिलाहरु सुनाैलाे कपाल र नीलो आँखा भएको बच्चा जन्माउन चाहन्थे । आफ्नो समयमा हिटलरको जोड जातीय शुद्धतामा थियो । उनी आफूलाई वास्तविक आर्य ठान्थे ।

जर्मनीमा ‘राम्रो जात’ का मानिसहरू मात्रै बस्नुपर्दछ भन्ने उनको मान्यता थियो । त्यसैले उनले जर्मनीमा लाखौं यहूदीहरूलाई मारे ।

इजरायली स्वास्थ्य अनुसन्धानकर्ता टेसा चेलौचेको ‘डाक्टर्स, प्रेग्नन्सी एन्ड एबोर्शन इन नाजी जर्मनी’ शीर्षकको शोधपत्रका अनुसार हिटलरले जर्मन महिलालाई सुनौलो कपाल र निलो आँखा भएका बच्चा जन्माउन चाहेका थिए ।

हिटलरले यस्ता बालबालिकालाई आफू जस्तै ‘वास्तविक आर्य’ ठाने । नाजी सरकारले यस्ता धेरै बच्चा जन्माउने महिलालाई पुरस्कृत गर्दथ्यो । यही कारणले गर्दा नाजी कालमा गर्भपतनको प्रचारमा प्रतिबन्ध लगाइएको थियो । जर्मनीमा सन् १९३३ मा गर्भपतनमा प्रतिबन्ध लगाइएको थियो ।

कानुनी रूपमा महिलाको गर्भ नियन्त्रण गर्ने प्रयास नयाँ होइन । अमेरिकामा भन्दा धेरै अगाडि नै हिटलरले जर्मनीमा यस्तै गरेका थिए । हिटलरले सन्तान जन्माउन स्वस्थ किशोरीहरुलाई प्रयोग गरेका थिए । यसका लागि ‘लेबेन्सबोर्न’ नामक कार्यक्रम सुरु गरिएको थियो ।

यसअन्तर्गत, जर्मनी र नाजीहरूले कब्जा गरेको युरोपमा बच्चा जन्माउने फार्महरु बनाइयो । त्यहाँ अविवाहित युवतीहरूलाई धेरै सुविधासहित राखिन्थ्यो । उनीहरूबाट जन्मेका बच्चाहरूलाई नाजी सरकारले जर्मनीका परिवारहरूलाई दिन्थ्यो ।

यी महिलालाई हिटलरले भनेका थिए, ‘उनीहरुको युद्धभूमि घर हो, उनीहरूले सकेसम्म धेरै शुद्ध सन्तान जन्माउनुपर्छ ।’ त्यसबेला गर्भपतन वा कुनै पनि प्रकारको गर्भनिरोधक उपाय यी महिलाहरूका लागि गम्भीर अपराध मानिन्थ्याे ।

हिटलरले शुद्ध आर्य महिलाबाट सकेसम्म धेरै बच्चाहरू जन्माउन चाहन्थे । त्यसैले यस्ता महिलाको गर्भपतनमा कडा कानुन लगाइयो । सोही अवधिमा प्रकाशित एउटा प्रोनाजी स्वास्थ्य पत्रिकाले आर्य महिलाको गर्भपतनलाई ‘देशद्रोह’ भनेको थियो ।

हिटलरले शुद्ध आर्य महिलाबाट सकेसम्म धेरै बच्चाहरू जन्माउन चाहन्थे । त्यसैले यस्ता महिलाको गर्भपतनमा कडा कानुन लगाइयो । सोही अवधिमा प्रकाशित एउटा प्रो–नाजी स्वास्थ्य पत्रिकाले आर्य महिलाको गर्भपतनलाई ‘देशद्रोह’ भनेको थियो । अर्कोतर्फ, अपाङ्गता भएका वा गैरआर्य जर्मन महिलाहरूलाई जबरजस्ती गर्भपतन गराइन्थ्यो । यस अवधिमा लाखौं यहूदी र शारीरिक रूपमा कमजोर पुरुषहरुको परिवार नियोजन गरिएको थियो ।

अमेरिकी सर्वोच्च अदालत र जर्मनी सरकारको गर्भपतनको फैसलापछि फेरि एकपटक विश्वभर यसको चर्चा भएको छ । गर्भपतनलाई लिएर संसारभरका मानिसहरूको विचार धेरै विभाजित छ । गर्भपतनको पक्षमा रहेका वकिलहरूले यसलाई महिलाको गोपनीयताको अधिकारसँग जोडिएको रूपमा हेर्छन् । यसका विपक्षीहरूले गर्भपतन गर्नु हत्या भएको भन्दै यसलाई रोकिनु पर्ने माग गर्छन् । पश्चिमी देशहरूमा, अधिकांश नारीवादीहरू गर्भपतनको पक्षमा छन् ।