सुन तस्करीको यो तरिका !
काठमाडौं । विदेशबाट सुन तस्करी गर्नेहरूले पछिल्लो समय विभिन्न उपाय अपनाउँदै आइरहेका छन् । यसैबीच, आज अर्को नयाँ तरिका अपनाइएको पाइएको छ ।
सुन तस्करले नाबालकको कपडाको बटनभित्र सुन लुकाएर ल्याएको पाइएको छ । यसरी नाबालकको कपडाको बटमभित्र सुन लुकाएर ल्याइरहेका एक जनालाई आज नियन्त्रणमा लिइएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुमन दमाईँलाई पक्राउ गरेको हो ।
सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका दमाईँको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ फेला परेको प्रहरीले जनाएको छ ।
सुनको तौल करिब १२५ ग्राम रहेको बताइएको छ ।
सुनसहित दमाईँलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया