सुन तस्करीको यो तरिका !

काठमाडौं । विदेशबाट सुन तस्करी गर्नेहरूले पछिल्लो समय विभिन्न उपाय अपनाउँदै आइरहेका छन् । यसैबीच, आज अर्को नयाँ तरिका अपनाइएको पाइएको छ ।
सुन तस्करले नाबालकको कपडाको बटनभित्र सुन लुकाएर ल्याएको पाइएको छ । यसरी नाबालकको कपडाको बटमभित्र सुन लुकाएर ल्याइरहेका एक जनालाई आज नियन्त्रणमा लिइएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुमन दमाईँलाई पक्राउ गरेको हो ।
सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका दमाईँको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ फेला परेको प्रहरीले जनाएको छ ।
सुनको तौल करिब १२५ ग्राम रहेको बताइएको छ ।
सुनसहित दमाईँलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया