अछाम तनावग्रस्त, प्रहरी र प्रदर्शनकारी घाइते
मंगलसेन । अछामको पञ्चदेवल विनायक–४ का विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनमा झडप हुँदा सदरमुकाम मंगलसेन तनावग्रस्त भएको छ । शाहीको न्यायको माग गर्दै सदरमुकाम पुगेका स्थानीयहरुले जिल्ला अदालतमा ढुंगामुढा प्रहार गरेका थिए ।
प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्याल्य अछामले जनाएको छ । उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले मिलेमतो गरेको भन्दै आक्रोशित भएका छन् ।
प्रहरीका अनुसार दुई प्रहरी निरीक्षक, महिला प्रहरीलगायत गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन १२ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । सोही क्रममा केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ । अहिले अवस्था नियन्त्रणमा आएको बताइएको छ ।
गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिए पछि उनको हत्या भएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । किटानी जाहेरी दिएकामध्ये मेयर चलाउनेसहित ७ जना पक्राउ परेका छन् भने ६ जना अझै फरार छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया