माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, पूर्वस्थायी समिति बैठक प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थागित भएको छ ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएपछि मंगलबार बैठक सक्ने कार्यतालिका थियो । तर पदाधिकारी, पोलिटब्यूरो, स्थायीक समिति गठन लगायत विषयमा थप गृहकार्य गर्नुपर्ने आवश्यक भएकोले बैठक स्थगित भएको नेता गणेश साहले जानकारी दिए ।
केन्द्रीय समिति बैठकको एजेण्डामा थप छलफल गर्न अहिले पूर्वस्थायी समितिको बैठक प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ । बैठक भोलि दिउँसो १ बजे बस्ने नेता साहले जनाकारी दिए । आइतबारबाट सुरू भएको बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्ने एजेण्डा रहेको छ ।
हिजोको बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी निर्वाचनको तयारी, वाम गठबन्धन, एसपीपी लगायत विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया