NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रेस युनियनको महाधिवेशनबारे शेखरले गरे छलफल

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले प्रेस युनियनको महाधिवेशनबारे पत्रकारसँग छलफल गरेका छन् । कोइरालाले युनियनका पूर्व अध्यक्ष एवं सिनियर पत्रकारसँग छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस सहमहामन्त्रीद्वय बद्रि पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य संजय गौतम तथा पत्रकारहरू तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित, रमेश तुफान, किरण पोख्रेल, कबिर राणा, बिपुल पोख्रेल, पोषण केसी सहभागी थिए ।

पछिल्लो सयमा आफू निकटका नेतासँग दुई दिने भेला गरेका कोइरालाले अघिल्लो दिन कांग्रेसका पुराना नेतासँग पनि छलफल गरेका थिए ।
१४ औं महाधिवेशनमा आफूहरूले ४० प्रतिशत हिस्सा ल्याए पनि सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाएको भन्दै विधानसम्मत र सबैको अस्तित्व स्वीकारेर अघि बढ्न ध्यानाकर्षण गराउँदै आएको छ ।

२७ असारमा केन्द्रीय समिति बैठक बस्ने भएपछि बैठकमा प्रस्तुत हुने तयारीका लागि पनि कोइरालाले छलफल गर्दै आएका हुन् ।
सभापति देउवाले नेविसंघ, तरुण दलसहितका एकलौटी रुपमा अध्यक्ष चयन गरेकोप्रति पनि शेखर पक्ष असन्तुष्ट छ ।

युनियनको महाधिवेशनमा पनि संस्थापन र कोइराला पक्षबीच प्रतिस्पर्धा हुन सक्ने भएपछि केन्द्रीय नेताहरूले पनि यसरी चासो दिन थालेका हुन् ।