भगवानको फोटो भएको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा एक पक्राउ
काठमाडौं । हिन्दू देवताहरूको तस्बिरसहितको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा उत्तर प्रदेशको सम्भलमा एक व्यक्ति पक्राउ परेका छन् ।
समाचार एजेन्सी पिटिआईका अनुसार आइतबार तालिब हुसेन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू धर्मका देवीदेवताको तस्बिर छापिएका पत्रिकामा कुखुराको मासु बिक्री गरिरहेको भन्दै केही व्यक्तिले गुनासो गरेका थिए ।
उजुरीका आधारमा प्रहरी तालिब हुसेनको पसलमा पुग्दा उनले छुरीले प्रहरीलाई नै आक्रमण गरेका थिए । तालिब हुसेनविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया