सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला ९७ हजार ५ सय रुपेयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुन पनि एक सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कायम भएको छ । सोमबार तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थिया ।
सोमबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँ बढेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया