न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेटरलाई समान पारिश्रमिक
काठमाडौं । न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेट खेलाडीलाई समान पारिश्रमिक दिने सहमति भएको छ । न्यूजिल्याण्ड क्रिकेट र खेलाडी संघले मंगलबार पुरुष र महिला क्रिकेटरले पाँच वर्षसम्म समान पारिश्रमिक पाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस सम्झौतामा अन्तर्राष्ट्रिय र घरेलु स्तरका महिला खेलाडीले सबै फर्म्याट र प्रतियोगितामा पुरुष सरह समान म्याच शुल्क पाउनेछन् । अगस्ट १ देखि लागू हुने गरि महिला राष्ट्रिय टोली, घरेलु महिला खेलाडी, न्युजिल्यान्ड क्रिकेटका छवटा प्रमुख संघ र खेलाडी संघबीच सम्झौता भएको हो ।
सहमतिअनुसार महिला र पुरुष दुवैको निर्धारित ओभरका अन्तर्राष्ट्रिय खेलहरुको म्याच फी एकदिवसीयका लागि न्युजिल्यान्ड डलर ४ हजार र टि-२० अन्तर्राष्ट्रियका लागि २ हजार ५०० न्युजिल्यान्ड डलर हुनेछ ।
अब उच्च वरीयताका खेलाडीले प्रतिवर्ष १ लाख ६३ हजार २४६ डलर पारिश्रमिक पाउनेछन् । नवौं वरियताकाले १ लाख ४८ हजार ९४६ डलर, १७ औं वरियतामा रहेकाले १ लाख ४२ हजार ३४६ डलर पाउनेछन् ।
घरेलु प्रतियोगिताका लागि निर्धारित ओभरको खेलका लागि खेलाडीले प्रति खेल ५७५ डलर पाउनेछन् । टेष्ट म्याचको लागि १० हजार २५० र शिल्ड गेमका लागि १ हजार ७५० न्युजिल्यान्ड डलर म्याच फी तोकिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया