एमसिसी र एसपिपीविरूद्ध सशक्त प्रतिरोध गर्छौ : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम(एसपीपी) कुनै हालतमा लागु हुन नदिने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौं स्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसकाे प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
‘एसपिपी मात्र होइन, हामी एमसिसी पनि लागु गर्न दिदैनौं । त्यसका विरुद्ध आँधीवेरी आउँछ’, उनले भने, ‘विदेशी दलालका विरुद्ध सशक्त प्रतिरोध गर्न तपाईंहरू तयारी अवस्थामा रहनोस् ।
उनले वैज्ञानिक समाजवादी व्यवस्था नआएसम्म नेपालमा परिवर्तन सम्भव नभएको दावी गरेका छन् । त्यस्तै, आगामी प्रदेश र संघीय निर्वाचनमा पार्टीले रणनीतिक रूपमा भाग लिएपनि अर्को पटकबाट सहभागी नहुने उनले बताए ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया