पूर्वमिस नेपाल सदीक्षाले गरिन् विवाह
काठमाडौं । पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विवाह गरेकी छन् । उनी प्रेमी राहुल मोक्तानसँग विवाह बन्धनमा बाँधिएकी हुन् । यो जोडीले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका छन् ।
उनीहरुले विवाहअघि सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन पार्टी दिएका थिए । विवाहमा नजिकका आफन्त र परिवारको उपस्थिति रहेको थियो ।
उनीहरुको पार्टीमा पूर्व मिस नेपालहरु र अहिलेको मिस नेपालको ब्याच पनि उपस्थित थिए । रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायी समेत उपस्थित थिए । सदीक्षा र राहुल केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया