१६ वर्षमुनिका बालबालिकालाई ‘दाेख’ हेर्न प्रतिबन्ध

काठमाडौं । नेपाली चलचित्र ‘दोख’ १६ वर्ष मुनि उमेर भएका बालबालिकाले हेर्न नपाउने भएका छन् । शुक्रबारबाट प्रदर्शनमा आउने उक्त चलचित्र १६ वर्ष मुनिका उमेरसमूहले हेर्न नमिल्ने भन्दै चलचित्र बोर्डले फिल्म एडल्टस् सर्टिफिकेट प्रदान गरेको हो ।
सेन्सर बोर्डका अनुसार सो चलचित्रमा केही प्रयुक्त अश्लील र राजनीतिक शब्द भएकाले त्यसले बालबालिकालाई असर पर्ने भएपछि यसलाई १६ वर्ष मुनिका दर्शकले हेर्न नमिल्ने गरी सेन्सर पास दिइएको छ ।
सविन ज्ञवाली र मनोज अधिकारीले निर्माण गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया