बढ्यो हवाई भाडा
काठमाडौं । हवाई भाडाको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ५ रुपैयाँले बढाएसँगै हवाई भाडा पनि बढेको हो ।
वायुसेवा सञ्चालक संघले बिहिबारदेखि नयाँ भाडादर लागू हुने गरी भाडा बढेको जनाएको छ । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा २२० रुपैयाँ भाडा बढेको हो ।
त्यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा १७० रुपैयाँ मूल्य बढेको छ भने माउन्टेन फ्लाइटको मूल्य १४ हजार ८९० रुपैयाँ पुगेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौं-भद्रपुर १५०, काठमाडौं-विराटनगर १२५, काठमाडौं-जनकपुर ६५, काठमाडौं-भरतपुर ५५, काठमाडौं-पोखरा ८०, काठमाडौं-भैरहवा १००, काठमाडौं-नेपालगञ्ज १६५, काठमाडौं-तुम्लिङटार ९५ र काठमाडौं-सिमरा रुटमा ४५ रुपैयाँ भाडा बढेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया