थप दुई जनामा हैजा पुष्टि, २१ पुगे संक्रमित
काठमाडौं । नेपालमा थप दुईजनामा हैजा पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअनुसार हेटौंडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजा पुष्टि भएको हो । ती दुवैजनाको अहिले उपचार भइरहेको महाशाखाले जनाएको छ ।
नयाँ हैजाका बिरामी थपिएसँगै अहिलेसम्म २१ जनामा हैजा पुष्टि भएको छ ।
अहिलेसम्म बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु बोहोराटार बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी, कीर्तिपुर, टेकु, कागेश्वरी मनोहरा, ग्वार्को, हेटौंडा र भक्तपुरमा हैजा देखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया