NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

थप दुई जनामा हैजा पुष्टि, २१ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप दुईजनामा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअनुसार हेटौंडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजा पुष्टि भएको हो । ती दुवैजनाको अहिले उपचार भइरहेको महाशाखाले जनाएको छ ।

नयाँ हैजाका बिरामी थपिएसँगै अहिलेसम्म २१ जनामा हैजा पुष्टि भएको छ ।

अहिलेसम्म बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु बोहोराटार बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी, कीर्तिपुर, टेकु, कागेश्वरी मनोहरा, ग्वार्को, हेटौंडा र भक्तपुरमा हैजा देखिएको छ ।