NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

त्रिविका दुई उपप्राध्यापकलाई स्पष्टीकरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दुई उपप्राध्यापकलाई स्पष्टीकरण सोधेको छ ।

उपप्राध्यापकद्वय हिमाकुमारी रावल र सरस्वती दवाडी लामो समयसम्म सम्पर्कमा नआएपछि त्रिविले स्पष्टीकरण सोधेको हो ।

बिना सूचना आफ्नो निकायमा अनुपस्थित रहेकाले त्रिवि कर्मचारी सेवासम्बन्धी नियम, २०५० को ८२(ख) अनुसार स्पष्टीकरण सोधेको त्रिवि कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

स्पष्टीकरणका लागि उपप्राध्यापकद्वयलाई ३५ दिनको समय दिइएको छ ।