NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सवारीसाधनमा लेखिएका गजल, सायरी हटाउँदै प्रहरी

काठमाडौं । सवारीसाधनमा लेखिएका गजल, कविताहरु हटाउन ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको छ ।

सवारीसाधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई, लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको ट्राफिक प्रहरी रामशाह पथले जनाएको छ ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि प्रहरीले यस्तो गर्न रोक लगाएको हो ।

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामाग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको प्रहरी कार्यालयले बताएको छ ।

त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि प्रहरीले चालकहरूलाई सचेत गराएको छ । साथै ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम राख्न पनि निषेध गरेको छ ।