अन्तर्घातबारे छानबिन गर्न माओवादीले टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने
काठमाडौं । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न समिति गठन गर्ने भएको छ ।
प्रज्ञा भवन कमलादीमा बिहीबार जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्घातबारे छानबिन गर्न समिति बनाउने प्रस्ताव गरेका हुन् ।
छानबिनबाट आएको प्रतिवेदनको आधारमा अन्तर्घातीहरूलाई निलम्बनदेखि निष्कासनसम्मको कारवाही गरिने उनले जानकारी दिए । प्रचण्डले निर्वाचन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् । १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया