NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

डेंगुको संक्रमणबाट संखुवासभामा एकको मृत्यु

काठमाडौं । डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका–५ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सीतादेवी न्यौपाने रहेकी छन् । उनको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।