दलित महिला सदस्य मृत फेला
खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन् ।
माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए ।
मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी भएकी थिइन् ।
स्नातक तह उत्तीर्ण गरेकी उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । नेपाली कांग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहेकी मेनुजाका दुई छोरी छन् ।
उनका श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रशेर राई आज बिहान घरपछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जनाइएको छ । रुद्रशेरको शव पनि परीक्षण गर्न अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया